Tuesday, December 24, 2024
Homeफिचरपब्लिक क्याम्पस कर्मचारी संघको कोशी प्रदेश तदर्थ समिति गठन, अध्यक्ष घिमिरे, सचिवमा...

पब्लिक क्याम्पस कर्मचारी संघको कोशी प्रदेश तदर्थ समिति गठन, अध्यक्ष घिमिरे, सचिवमा भट्टराई चयन

विराटचोकः कोशी प्रदेश स्तरीय पब्लिक क्याम्पसमा कार्यरत कर्मचारीको हक हितका निमित्त प्रदेश स्तरीय पब्लिक क्याम्पस कर्मचारी संघको तदर्थ समिति गठन गरिएको छ ।

शनिबार झापामा आयोजित भेलाले दमक बहुमुखी क्याम्पसका पदमप्रसाद घिमिरेको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । सचिवमा सुकुना बहुमुखी क्याम्पसका लोकप्रकाश भट्टराई (जीवन) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा हरिप्रसाद ढकाल, धर्मराज बोहोरा, प्रकाश श्रेष्ठ, प्रेमबहादुर कुँवर लगायत १९ जना रहेका छन् । सो समितिले पब्लिक क्याम्पस संघ केन्द्रीय समितिलाई संघको विधान र समिति निर्माण प्रकृयाको विषयमा असहमत जनाउँदै ज्ञापनपत्र मार्फत आफ्ना माग अघि सारेको छ ।

क्याम्पस सञ्चालनमा सञ्चालक समिति, प्राध्यापक, कर्मचारी, विद्यार्थीसहित ४ वटा खम्बाहरू रहेकोमा अहोरात्र खट्ने कर्मचारीलाई बेवास्ता गरेको भन्दै कर्मचारीलाई समेट्न आग्रह गरिएको छ ।

माग अनुसार नै पब्लिक क्याम्पस संघको विधान परिवर्तन गरेर कर्मचारीलाई पनि समेट्नुपर्ने भनी संघले विज्ञप्ति जारी गरेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments