Tuesday, May 19, 2026
Homeअर्थशेयरदोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर निष्काशनको पूर्वस्वीकृति

दोर्दी खोला जलविद्युतलाई हकप्रद शेयर निष्काशनको पूर्वस्वीकृति

विराटचोकः दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ । कम्पनीले जारी गरेको सूचनाअनुसार विद्युत नियमन आयोगले कम्पनीले प्रस्ताव गरेभन्दा कम अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

गत पुस २९ मा सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँको ५६ प्रतिशत अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरी पूर्वस्वीकृतिका लागि आयोगसमक्ष निवेदन दिइएको थियो ।

आयोगले गत वैशाख १५ को पत्रमार्फत कम्पनीलाई हाल कायम चुक्तापूँजीको २८ प्रतिशत अर्थात् ६० करोड ८२ लाख ५४ हजार ९९२ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments