Saturday, April 25, 2026
Homeअर्थशेयरसाताको अन्तिम दिन कारोबार हिजो शेयर बजारमा डेढ अङ्कको वृद्धि

साताको अन्तिम दिन कारोबार हिजो शेयर बजारमा डेढ अङ्कको वृद्धि

विराटचोकः साताको अन्तिम कारोबार दिन हिजो नेपाली शेयरबजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०५ प्रतिशत अर्थात् १.५४ अंकले बढेर २ हजार ७८८.७० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५१ कम्पनीको७५ हजार २२९ पटकको कारोबारमा १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको शेयर किनबेच भएको छ ।
शुक्रबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाउँदा ७ वटा राताम्य भएका थिए । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.६६ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.२२, विकास बैंक ०.२२, होटल ०.३२, हाईड्रो ०.२५ र व्यापार समूह ०.५८ प्रतिशतले बढेका थिए ।

अन्य समूह सर्वाधिक १.०२ प्रतिशतले घट्दा फाइनान्स समूह ०.६२ प्रतिशत, लगानी ०.०२, जीवन बीमा ०.२६, लघुवित्त ०.३५, सामुहिक लगानी कोष ०.०१ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले ओरालो लागे ।

रिडी पावर कम्पनीको सर्वाधिक अर्थात २७ करोड ३८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच हुँदा रिलायन्स स्पीनिङ मिल्स, नेशनल हाईड्रोपावर, सोलु हाईड्रोपावर र आँखुखोला जलविद्युत उच्च कारोबार गर्ने कम्पनीमा परे ।

पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्ट र माईखोला हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको बजारमा मेन्छ्यायाम हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ३.५० प्रतिशतले घटेको थियो ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ५६ अर्ब २७ करोड २१ लाख १३ हजार ४८९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments