Saturday, April 25, 2026
Homeअर्थशेयरमेन्छ्याम हाइड्रोपावरको ४३ लाख कित्ता शेयरको लकइन अवधि आजदेखि समाप्त

मेन्छ्याम हाइड्रोपावरको ४३ लाख कित्ता शेयरको लकइन अवधि आजदेखि समाप्त

विराटचोकः मेन्छ्याम हाइड्रोपावर लिमिटेडको ४३ लाख कित्ता शेयरको लकइन अवधि आज बैशाख १२ गते सकिएको छ ।

सो कम्पनीको ४३ लाख ७ हजार २८३ कित्ता शेयरको लकइन अवधि बैशाख १२ गते सकिएको हो । जसमा संस्थापक शेयर ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दाहरुको शेयर ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीहरुको शेयर ३ हजार २४० कित्ता रहेको छ ।

सञ्चालक तथा कम्पनीको व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा नियमअनुसार शेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।
४३ लाख कित्ता शेयर एकै पटक थपिँदा बजारमा सो कम्पनीको शेयरको बिक्री चाप पर्न सक्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments