Monday, April 20, 2026
Homeखेलकुद११ वर्षपछि विराट गोल्डकपको उपाधि चुम्यो झापा ११ ले, पायो ११ लाख...

११ वर्षपछि विराट गोल्डकपको उपाधि चुम्यो झापा ११ ले, पायो ११ लाख रुपैयाँ

विराटनगरः झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शहीद रंगशालामा आइतबार राति भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँ पाएको छ । २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक प्रतियोगिता जितेको थियो । राजेश दाहाल र दिवस उराउले गरेको गोलले झापा विजयी भएको थियो । सम्राटका तर्फबाट सौरभ तामाङले सान्त्वना गोल फर्काएका थिए ।

फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१ औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ८७ औँ मिनेटमा दिवस उराउले पुनः गोल गरेका थिए । अतिरिक्त समयमा सम्राटका सौरभ तामाङले गोल गरेका थिए ।

फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विधागत पुरस्कारमा पनि झापाकै वर्चस्व रह्यो । झापाका फागुराम थारू ‘हाइ स्कोरर’ (सर्वाधिक गोलकर्ता) बने । उनले प्रतियोगिताभरीमा ३ गोल गरेका थिए ।

सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए । यस्तै, झापाका विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा वातावरण मन्त्री भीम पराजुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए ।

चैत २८ गतेदेखि शुरु भएको प्रतियोगितामा भारतीय टोलीसहित ८ टिम सहभागी थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments