विराटचोकः देशभर सरकारले आइतबार र सोमबार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई खोप केन्द्रहरूमा परिचालन गरेको जनाएको छ ।
करिब २० लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने भएको हो । अभियानअन्तर्गत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन भएका छन् ।
सरकारले प्रत्येक वर्ष कात्तिक र बैशाख महिनामा भिटामिन ए र जुकाको औषधी निःशुल्क खुवाउने गर्दछ ।



