Friday, April 10, 2026
Homeराजनीतिउपसभामुख निर्वाचनमा राप्रपाकी सरस्वती लामाको पक्षमा खस्यो ५ मत

उपसभामुख निर्वाचनमा राप्रपाकी सरस्वती लामाको पक्षमा खस्यो ५ मत

विराटचोकः प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन अहिले भइरहेको छ । सो पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबिकुमारी ठाकुर उम्मेद्वार छन् ।

पहिलो चरणमा लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । मतदानबाट गरिएको उक्त निर्णयको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५ मत खसेको छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका थिए । प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन् ।

उनको विपक्षमा २१५ मत खसेको छ भने ३७ जनाले मत जाहेर नगरी तटस्थता जनाएका थिए । नेकपा एमालेका सांसदले मत जाहेर नगरेका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा २५७ जना सांसाद उपस्थित थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments