Friday, April 10, 2026
Homeअर्थशेयरशिखर पावर र पाल्पा सिमेण्टको आईपीओ नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा किनबेच...

शिखर पावर र पाल्पा सिमेण्टको आईपीओ नेप्सेमा सूचीकृत, आजदेखि दोस्रो बजारमा किनबेच हुने

विराटचोकः हालै आईपीओ बिक्री गरेका शिखर पावर डेभलपमेन्ट र पाल्पा सिमेण्टको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

नेप्सेमा शिखर पावरको ९८ लाख कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुलाई ३२ लाख कित्ता र कम्पनीको संस्थापक शेयरधनीहरुलाई ६६ लाख कित्ता शेयर दिएको थियो ।

नेप्सेले सो कम्पनीको शेयरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

उता, पाल्पा सिमेण्टले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता गरी कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले सो कम्पनीको शेयरलाई १०० देखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ ।

सूचीकृत भएका ती कम्पनीका शेयर ओपनिङ रेञ्जको सीमाभित्र रहेर स्पेशल प्रि ओपनमा कारोबार शुरु भएपछि नियमित कारोबार समयमा किनबेच गर्न सकिन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments