विराटनगरः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्नुभएको छ । कोशी प्रदेश सरकार, मन्त्रिपरिषद्को २०८२ चैत २३ गतेको सिफारिशअनुसार अधिवेशन अन्त्य भएको विज्ञप्ति जारी गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा चैत २३ गते सोमबार राति १२ बजेदेखि प्रदेशसभाको चाल आठौं अधिवेशन अन्त्य गरिएको जानकारी दिइएको छ ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।



