Sunday, April 5, 2026
Homeराजनीतिसाढे ४ महिनापछि आजदेखि मतदाता नामावली सङ्कलन शुरु हुने

साढे ४ महिनापछि आजदेखि मतदाता नामावली सङ्कलन शुरु हुने

विराटचोकः प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गतेदेखि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य निर्वाचन आयोगले आजदेखि पुनः शुरु गर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइन प्रणालीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र विवरण अद्यावधिक गर्न अनलाइन आवेदन गर्न सकिने आयोगले बताएको छ ।

आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली सङ्कलनको काम शुरु गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत् अनलाइन फारम भर्नुपर्ने र आफ्नो फोटो तथा औंठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित भएर भर्नुपर्ने बताइएको छ ।

त्यस्तै, मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिने आयोगले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments