Friday, April 3, 2026
Homeअर्थशेयरबिहीबार झिनो अङ्कले नेप्से सूचक बढे पनि घट्यो कारोबार रकम

बिहीबार झिनो अङ्कले नेप्से सूचक बढे पनि घट्यो कारोबार रकम

विराटचोकः साताको अन्तिम कारोबार दिन हिजो बिहीबार नेप्से परिसूचक ५.८२ अङ्कले बढेर २ हजार ७८२.१८ विन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।

हिजो ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९३९ कित्ता शेयर १ लाख ३ हजार २२५ पटक किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।

बढेको बजारमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, सामुहिक लगानी कोष र व्यापार समूहका परिसूचक बढेका छन् ।

वाणिज्य बैंक, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहका परिसूचक भने घटेका छन् ।

बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाईन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो र होटल फरेस्ट इनको शेयरमूल्य १० प्रतिशत बढेको छ ।

बढेको बजारमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक ३ दशमलव ०६ प्रतिशतले सम्पत्ति गुमाएका छन् । एनएमबी हाइव्रिड फण्ड, क्रेष्ट माइक्रो लाईफ इन्स्योरेन्स, अभियान लघुवित्त, ग्लोबल आईएमई ब्यालेन्सड फण्डका लगानीकर्ता उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ३० अर्ब २ करोड २१ लाख ४१ हजार ३२१ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments