विराटचोकः श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । त्यस्तै, भदौ २४ गतेको आगजनीमा संलग्नलाई कारवाही गर्न पनि उनले माग गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई आज सम्बोधन गर्दै उनले देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न एमसीसी खारेज गर्नुपर्ने उनको भनाय थियो । ‘सैन्य रणनीति उद्देश्यका साथ शुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धि एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु,’ उनले भने ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई विद्यालय पोशाकमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र भदौ २४ गते योजनाबद्ध आगजनी गर्नेलाई कारवाही गर्नुपर्ने उनले माग राखे ।



