Thursday, April 2, 2026
Homeसमाचारआज निर्माण व्यवसायी महासंघको निर्वाचन हुँदै, प्यानलसहित प्रतिष्पर्धा गर्दै पाण्डे र लामा

आज निर्माण व्यवसायी महासंघको निर्वाचन हुँदै, प्यानलसहित प्रतिष्पर्धा गर्दै पाण्डे र लामा

काठमाडौंः प्रज्ञा भवन कमलादीमा नेपाल निर्माण व्यवसायी महासंघको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।

महाधिवेशनमा अध्यक्ष पदमा कालिका कन्स्ट्रक्सनका निर्देशक निकोलस पाण्डे र पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक आङ दोर्जी (एडी) लामाको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठको उम्मेद्वारी दर्ता भएको छ ।

पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेद्वारी दिएका छन् ।

प्रमोद लामिछानेले स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् ।

अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments