Wednesday, April 1, 2026
Homeअर्थशेयरमार्जिन कारोबारयोग्य कम्पनीको सूची सार्वजनिक

मार्जिन कारोबारयोग्य कम्पनीको सूची सार्वजनिक

विराटचोकः बैशाखदेखि ब्रोकरहरुले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारका लागि योग्य सूचीकृत कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ । ।

नेप्सेले मंगलबार साँझ मार्जिन कारोबारका लागि योग्य १२३ वटा कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ को परिच्छेद ३ को दफा ८(१) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरुको सूची सार्वजनिक गरिएको जनाएको छ ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार मार्जिन कारोबारका लागि योग्य कम्पनी भन्नाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत, पर्याप्त बजार पूँजीकरण र उच्च तरलता भएको, सर्वसाधारणमा पर्याप्त शेयर वितरण (पब्लिक फ्लोट) रहेको, वित्तीय रूपमा सुदृढ (नाफामा र सकारात्मक नेटवर्थ भएको) तथा नियमित रूपमा वित्तीय विवरण र सूचना सार्वजनिक गर्ने कम्पनीलाई जनाउँछ । यस्ता कम्पनीहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियमअनुसार कुनै कारबाही वा विशेष निगरानीमा नपरेका, मूल्यमा अत्यधिक उतारचढाव नभएका र नियामकले तोकेका अन्य सूचकहरू पूरा गरेका हुनुपर्छ ।

मार्जिन कारोबारयोग्य कम्पनी भन्नाले त्यस्ता सूचीकृत कम्पनीहरूलाई जनाउँछ जसका शेयरहरूलाई धितो राखेर लगानीकर्ताले ब्रोकरमार्फत ऋण (मार्जिन लोन) लिएर थप शेयर खरिद–बिक्री गर्न सक्ने व्यवस्था हुन्छ । यस्ता कम्पनीहरू सामान्यतया नियामक निकायले तोकेको मापदण्ड पूरा गरेका हुन्छन् । यसले लगानीकर्तालाई सीमित पूँजीमा बढी लगानी गर्न सुविधा दिए पनि जोखिम पनि उच्च हुने भएकाले यस्ता कम्पनीहरूको सूची नियामक निकायले समय–समयमा निर्धारण र परिमार्जन गर्ने गर्दछ ।

मंगलबार सार्वजनिक भएको सूचीमा सबै वाणिज्य बैंक परेका छन् । ११ विकास बैंक पर्दा ६ वटा विकास बैंक सो सूचीमा परेनन् । ११ वटा वित्त (फाइनान्स) कम्पनी यो सूचीमा पर्दा ७ वटा परेनन् । लघुवित्त समूहबाट १७ वटा, जीवन बीमा समूहबाट १२ कम्पनी, निर्जीवन बीमा समूहका ११ कम्पनी र जलविद्युत समूहका २४ वटा कम्पनी मात्र मार्जिन कारोबार लागि योग्य मानिएका छन् ।

पुनर्बीमा कम्पनीमा नेपाल रिइन्स्योरेन्स परेन भने हिमालयन रिइन्स्योरेन्स परेको छ । सिमेन्ट कम्पनीबाट शिवम् मात्र परेको छ । हिमालयन डिस्टिलरी, ओरिएन्टल होटल, सोल्टी होटल, तारागाउँ रिजेन्सी होटल, साल्ट ट्रेडिङ कर्पोरेसन, सिईडिबी होल्डिङ्स, नागरिक लगानी कोष, हाथ्वे इन्भेष्टमेन्ट, एचआईडिसीएल, निफ्रा, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड पनि मार्जिन कारोबार योग्य कम्पनी भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments