Monday, March 23, 2026
Homeसमाचारहिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

विराटचोकः नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहिरहेका कारण आज पनि देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान गण्डकी प्रदेश लगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको महाशाखाले जनाएको छ ।

दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । सुदूर पश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी र हिमाली भू–भागमा साधारणतया र तराई भू–भागमा आंशिक बादल लाग्ने महाशाखाको पूर्वानुमान छ ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments