Saturday, March 21, 2026
Homeसमाचारआज पनि देशका विभिन्न स्थानमा आँधी, वर्षा, हिमपातको सम्भावना, चितवनमा ठूलो वर्षा...

आज पनि देशका विभिन्न स्थानमा आँधी, वर्षा, हिमपातको सम्भावना, चितवनमा ठूलो वर्षा हुने

विराटचोकः आज देशका मध्य र पूर्वी क्षेत्रलगायतका स्थानमा वर्षा, हिमपात र आँधीहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको गोरखपुर–बगाहा हुँदै नेपाल प्रवेश गरिरहेको वर्षा गराउने प्रणाली नेपालमा पहिलेदेखि सक्रिय रहेको वर्षा गराउने प्रणालीसँग ठोक्किने भएकाले चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ ।

धादिङ र उत्तरी मकवानपुर हुँदै यो प्रणाली बिहान १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यका प्रवेश गरेर बढीमा ३ घण्टा वर्षा गराउने भए पनि उपत्यकामा ठूलो वर्षाको सम्भावना भने कम रहेको विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको छ । विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अहिले अधिकांश स्थानमा बादल लागेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात सम्भावना रहेको छ । आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्ने विभागले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित असिना तथा हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

राति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।

कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा भएको छ । पछिल्लो एक घण्टामा भने सबैभन्दा धेरै वर्षा पाल्पामा भएको छ ।

२४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments