विराटचोकः आज देशका ४ प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।





