Monday, March 2, 2026
Homeसमाचारफागुको दिन आज हिमाली भेगका एक दुई स्थानमा वर्षाको सम्भावना, पहाड र...

फागुको दिन आज हिमाली भेगका एक दुई स्थानमा वर्षाको सम्भावना, पहाड र तराईमा बादल र तुवाँलो

विराटचोकः हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार तराई भू–भागका केही स्थानहरूमा तुवाँलो रहेको छ । गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको भइरहेको छ ।

आज तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागसहित बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments