Monday, March 2, 2026
Homeअर्थशेयरसाताको पहिलो दिन हिजो नेप्से सूचक र कारोबार दुवै वृद्धि

साताको पहिलो दिन हिजो नेप्से सूचक र कारोबार दुवै वृद्धि

विराटचोकः साताको पहिलो आइतबार शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७२ प्रतिशत अर्थात् १९.२७ अङ्कले बढेर २ हजार ६७४.२० विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक किनबेच हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाउँदा फाइनान्स समूह सर्वाधिक अर्थात २.२२ प्रतिशतले बढेको छ । अन्य समूह १.१९ प्रतिशत, व्यापार १.१२ प्रतिशत, बैंकिङ समूह ०.७८ प्रतिशत, विकास बैंक ०.७७, उत्पादन तथा प्रशोधन ०.७७, फाइनान्स ०.७१, जीवन बीमा ०.५९, लगानी ०.५८ प्रतिशत, जलविद्युत ०.४७, होटल ०.४१, निर्जीवन बीमा ०.४१, लघुवित्त ०.४० र सामुहिक लगानी कोष ०.०१ प्रतिशत बढेका छन् ।
राधी विद्युत कम्पनीको सर्वाधिक ३६ करोड ५ लाख ३ हजार १४० रुपैयाँको शेयर कारोबार हुँदा अपि पावरको ३३ करोड २१ लाख, मञ्जुश्री फाइनान्सको २८ करोड २० लाख, आँखुखोला जलविद्युतको २६ करोड ५३ लाख र एसवाई प्यानल नेपालको २२ करोड १० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य १० प्रतिशत बढेको बजारमा यसैगरी बाराही हाईड्रोपावरको शेयरमूल्य ६.७४ प्रतिशत, गुडविल फाइनान्सको ३.६२ प्रतिशत र जानकी फाइनान्सको शेयरमूल्य ३.५४ प्रतिशतले बढेको छ ।

बजार बढे पनि हिमस्टार उर्जाको शेयरमूल्य सर्वाधिक अर्थात् ४.१६ प्रतिशतले घट्दा कर्पाेरेट डेभलपमेन्ट बैंक, मोलुङ हाइड्रोपावर कम्पनी, विन नेपाल लघुवित्त कम्पनी धेरै शेयरमूल्य गुमाउने कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ९८ अर्ब ३२ करोड ८४ लाख ११ हजार १९८ रुपैयाँ निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments