Monday, March 2, 2026
Homeसमाचारमध्यपूर्व तनावबारे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय

मध्यपूर्व तनावबारे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय

काठमाडौंः अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे आइतबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

बैठकमा नेपाललाई परेको प्रभाव, त्यसबारे दिइने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असर तथा समाधानबारे बैठकमा छलफल भएको बताइएको छ ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जान नपाएर अलपत्र परेका यात्रुहरू, ट्रान्जिटमा फसेका कामदार र यात्रुका लागि परेको असुविधाबारे पनि बैठकमा छलफल भएको थियो ।

यसैगरी अहिलेलाई मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीहरू सुरक्षित रहेको र सुरक्षाको प्रबन्धका लागि राजदूतावासले समन्वय गर्ने बारेमा पनि छलफल केन्द्रित थियो ।

नेपाल फर्किन चाहनेका लागि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था छैन । मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन् ।

बैठकले मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च शतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।

बैठकमा मन्त्रीहरुले खाडी मुलुकमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गरेका छन् । ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments