Monday, October 19, 2026
Homeसमाचारमतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौंः निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ ।

यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मतगणना प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने आयोगको विश्वास छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका सङ्कलनदेखि गणनासम्मको सम्पूर्ण प्रक्रिया व्यवस्थित ढङ्गले सञ्चालन गरिने जानकारी दिए । उनले प्रत्यक्षतर्फको परिणाम २४ घण्टाभित्र घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

समानुपातिकतर्फको मतपरिणाम भने एक–दुई दिनभित्र सार्वजनिक हुने जनाइएको छ ।

RELATED ARTICLES

आज प्रहरी दिवस

आज विश्व खाद्य दिवस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments