Monday, February 23, 2026
Homeराजनीतिस्थानीय तहका जनप्रतिनिधिलाई चुनाव प्रचारमा संलग्न नहुन निर्वाचन आयोगको निर्देशन

स्थानीय तहका जनप्रतिनिधिलाई चुनाव प्रचारमा संलग्न नहुन निर्वाचन आयोगको निर्देशन

विराटचोकः एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन निर्देशन दिएको छ ।

स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेद्वारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ ।

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयबाट आवश्यक अनुगमन गर्नका लागि पनि आयोगले अनुरोध गरेको छ ।

कुनै स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचारसंहिता, २०८२ प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments