विराटचोकः नझरेका फूलहरूको आयोजनामा लोकप्रिय गायक गणेश पराजुली तथा गायिका यशोदा पराजुलीसँग कलात्मक अन्तरङ्ग समारोह सम्पन्न भएको छ । कार्यक्रममा पराजुली दम्पत्तिले आधा दर्जन कालजयी गीतहरू सुनाउनुभएको थियो ।
कार्यक्रममा गायिका मनु तामाङले गीत, गजलकार खेम आचार्यले गजल र नव प्रतिभाशाली भाइबहिनीले गीतसङ्गीत र कविताहरू पनि प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्रष्टाहरू किरण टी लिम्बू ,दुर्गा पराजुली, भरत बर्वरिक, प्राज्ञ रामप्रसाद खरेल, रूपनारायण श्रेष्ठ, मञ्जु रेग्मी, लक्ष्मीप्रसाद पराजुली, नवीन क्षत्री, युवराज ठकुरी, अम्बिका भण्डारी, जीवन कट्टेल, बालकुमार राई, सोम भट्टराई, गीताप्रसाद श्रेष्ठ, यादव भट्टराई, प्रकाश भट्टराई, शंकर देवान, आर के प्रधान, टंक मगर, चण्डी सामपाङ, सङ्गी दुमी राई लगायतको आतिथ्यता रहेको थियो ।
सोमबार बिहान सिद्धार्थ माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा सिद्धार्थ स्कुलका कलाप्रेमी शिक्षक र विद्यार्थीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
नझरेका फूलहरूले आयोजना गरेको कलात्मक अन्तरङ्ग कार्यक्रमको सभापतित्व साहित्यकार पुरन याक्खाले गर्नुभएको थियो । प्रमुख अतिथि स्रष्टा हर्कमान तामाङ रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य गीतकार एवम् सङ्गीतकार जे बि थुलुङले राख्नुभएको थियो ।
नझरेका फूलहरूको नियमित शृङ्खलाअन्तर्गत भएको कार्यक्रमको सञ्चालन नझरेका फूलहरूका संस्थापक केपी घिमिरेले गर्नुभएको थियो ।







