काठमाडौंः सोमबार साँझ मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
प्रसाईँलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेर २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।
पछिल्लो समय निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो । निर्वाचन बिथोल्ने योजनाअनुसार उनले फागुन ७ गतेदेखि आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए ।







