Friday, February 13, 2026
Homeअर्थशेयरसुपर खुदी हाइड्रोपावरको आईपीओको मिति १ दिन धकेलियो, यस्तो छ कारण

सुपर खुदी हाइड्रोपावरको आईपीओको मिति १ दिन धकेलियो, यस्तो छ कारण

विराटचोकः सुपर खुदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको मिति परिवर्तन गरेको छ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेकोमा एक दिन पर सारेको हो ।

अन्य कम्पनीको सार्वजनिक निष्काशनको समय तालिकासँग सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन जुध्न गएको भन्दै सिडिएस एण्ड क्लियरिङ्गले पत्र पठाएपछि कम्पनीले निष्काशन खुल्ला मिति १ दिन पछि सारेको हो । हाल रिज लाइन इनर्जी लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरिरहेको छ । सो कम्पनीको निष्काशन बन्द फागुन ४ गते हुनेछ ।

सुपर खुदीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ५५ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । त्यस्तै, कम्पनीले ७७ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरुका लागि ३१ हजार कित्ता छुट्याई बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments