Thursday, February 12, 2026
Homeखेलकुदआईसीसी टी २० विश्वकपको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित

आईसीसी टी २० विश्वकपको दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित

विराटचोकः आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमै दुई पटकको टी–२० विश्वकप विजेता इंग्ल्याण्ड विरुद्ध ४ रनले नेपाल पराजित भएको थियो । लगातार दुई हारपछि अंकविहीन नेपालको सुपर एट सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध पराजित भएको इटलीले भने टी–२० विश्वकपमा आफ्नो पहिलो जीत हात पारेको हो ।

यस संस्करणमा डेब्यु गर्ने एक मात्र टोली इटलीले विश्वकपमा आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको हो ।

मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.३ ओभरमा १२३ रनमा अलआउट भएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे । बाँकी खेलाडीले २० रनको आँकडा समेत छुन सकेनन् । करण केसीले केमियो इनिङ्स खेल्दै अविजित १८ रन जोड्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ रन जोडे ।

इंग्ल्याण्ड विरुद्ध ठूलो स्कोर पछ्याउँदा पनि नेपालले उत्कृष्ट ब्याटिङ गरेको भन्दै विश्वभरबाट प्रंशसा भएको थियो । तर इटलीविरुद्ध भने नेपालको ब्याटिङ फितलो बन्दा १२३ रनमै अलआउट भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments