विराटचोकः आज बिहान २ बजेर ४७ मिनेट जाँदा ताप्लेजुङको कञ्चनजंघा आसपास क्षेत्र केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको छ ।
सो भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।
भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै पर्दछ ।
शनिबार इलाम केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।







