Thursday, January 29, 2026
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा समी लामा

पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्षमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्यमा समी लामा

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोगले नयाँ नेतृत्व पाएको छ । विश्वविद्यालयको रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा प्रा.डा. देवेन्द्र अधिकारी र सदस्य पदमा समी लामा नियुक्त हुनुभएको छ ।

ती पदका लागि २९ जना प्राज्ञिक व्यक्तित्वले आवेदन दिनुभएको थियो ।

नवनियुक्त अध्यक्ष प्रा.डा. अधिकारीले आफ्नो झन्डै तीन दशक लामो प्राज्ञिक अनुभवलाई अब विश्वविद्यालयको जनशक्ति व्यवस्थापन र वृत्ति विकासमा खर्चिने बताउनुभएको छ ।

लामो समयदेखि सेवा आयोगमा पदाधिकारी नहुँदा शिक्षक र कर्मचारीहरूको वृत्ति विकास ठप्पप्रायः थियो । कर्मचारी बढुवा तथा नयाँ जनशक्तिको लागि खुला प्रतियोगिता गराउनुपर्ने दायित्व पनि अधिकारीमाथि छ ।

यो नियुक्ति राजनीतिक भागबण्डा भन्दा पनि योग्यता र प्रतिस्पर्धाका आधारमा भएको दाबी गरिएको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा गठन भएको तीन सदस्यीय छनोट समितिले २९ जना आवेदकहरूको कार्ययोजना र बायोडाटा अध्ययन गरी प्रधानमन्त्रीसमक्ष सिफारिश गरेको थियो ।

विश्वविद्यालयमा हाल करिब ३५० कर्मचारी र करिब २०० शिक्षकहरू कार्यरत छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments