Saturday, January 10, 2026
Homeअर्थशेयरपाल्पा सिमेन्टले आजदेखि स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री गर्दै

पाल्पा सिमेन्टले आजदेखि स्थानीय तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ बिक्री गर्दै

विराटचोकः पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते ७५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरुलाई जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रकमबराबरको रु. १०० अंकित दरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्काशन गरी बिक्री वितरण गरिने छ । बाँकी १५ प्रतिशत अर्थात् ५६ करोड २५ लाख रुपैयाँबराबरको १०० रुपैयाँअंकित दरको ५६ लाख २५ कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित नियकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुको लागि बिक्री खुलेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेकाका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलतारी शाखा तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्ने कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेडले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments