इटहरीः राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) कोशी प्रदेशको चौथो वार्षिक साधारणसभा शनिबार इटहरीमा सम्पन्न भएको छ । नेका कोशी प्रदेशका अध्यक्ष सन्तोष कुरुम्वाङ्गको अध्यक्षतामा भएको साधारणभामा नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभामा नेका कोशीका अध्यक्ष सन्तोष लिम्बूले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्दन माझीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकाका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शैक्षिक परामर्शदाताहरूको हकहितका सवालमा आवाज उठाउनुका साथै यस क्षेत्रमा देखिएका चुनौतीहरू सामना गर्न एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
साधारणसभाको अवसरमा पत्रकारिताको क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याएको तथा नेकाका गतिविधिलाई सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रशारण गरेर सहयोग पुर्याएको भन्दै एभीन्यूज टीभि र सप्तकोसी टीभीमा आवद्ध इटहरीका पत्रकार दीपक कार्कीलाई दोसल्ला र सम्मानपत्रसहित नगद ५ हजार प्रदान गरी सम्मान गरिएको थियो ।
नेका कोशीका सदस्य विनोद कोइरालाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेकाका केन्द्रीय उपाध्यक्षहरू भुपेन्द्र सिटौला र रमन कोइराला, केन्द्रीय महासचिव दीपक कोइराला, केन्द्रीय सचिव प्रद्युम्न बोगटी, केन्द्रीय कोषाध्यक्ष सूर्य पोखरेल र केन्द्रीय सदस्य तथा नेका कोशीका संस्थापक अध्यक्ष मोहन विक्रम तिगेलाको आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा आईडीपी आईएलटीएसका प्रतिनिधि शिक्षा थापा, जेएलसीटीका प्रतिनिधि मित्र थापा र नेका कोशीका सल्लाहकार संयोजक प्रमोद श्रेष्ठको पनि आतिथ्यता रहेको थियो ।







