Tuesday, December 24, 2024
Homeसमाचारसुन्दरहरैंचा महिला मञ्चको दोस्रो साधारण सभा सम्पन्न

सुन्दरहरैंचा महिला मञ्चको दोस्रो साधारण सभा सम्पन्न

सुन्दरहरैंचाः सुन्दरहरैंचा महिला मञ्चको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । सुन्दरहरैंचा–७ मा रहेको फूलबारी सामुदायिक संस्थाको भवनमा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाले संस्थाकी सचिव विमला अधिकारीले प्रस्तुत गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भावना नेपालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य सीतादेवी अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम संस्थाकी अध्यक्ष मीना ओझाको अध्यक्षतामा भएको थियो । संस्थाकी सचिव विमला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ की अध्यक्ष शारदा विश्वकर्मा, पूर्व वडा सदस्य विष्णुप्रसाद घिमिरे, मधाहा एकता टोल विकास संस्थाका अध्यक्ष अनिल घिमिरे, सुन्दरवाटिका एकेडेमीका प्रिन्सिपल विनोद फुयाललागयतको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments