Friday, December 5, 2025
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालयको प्राविधिक सहयोगमा पञ्चायत मावि गोठगाउँमा स्वास्थ्य शिविर

पूर्वाञ्चल विश्वविद्यालयको प्राविधिक सहयोगमा पञ्चायत मावि गोठगाउँमा स्वास्थ्य शिविर

गोठगाउँः पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँको प्राविधिक सहयोगमा मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेको पञ्चायत माविमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा कक्षा ५ सम्मका ३०० भन्दा बढी विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र रायमाझीले जानकारी दिनुभयो ।

शिविरमा दाँत तथा आँखाको परीक्षण गरिनुका साथै विद्यार्थीको तौल, उचाइ जाँच गरिएको थियो । मौसमी रुघाखोकीलगायतको सामान्य परीक्षण गरी आवश्यक केही औषधी सम्बन्धित बालबालिकालाई निःशुल्क वितरण गरिएको शिक्षक अम्बिकाप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि १५ जनाभन्दा बढी चिकित्सक तथा नर्सको टोली विद्यालमा आएको पूर्वाञ्चल विश्वविद्यालयका सिनेटर रञ्जन ओझाले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविर सञ्चालनपूर्व भएको औपचारिक कार्यक्रममा स्वास्थ्य शिविर आयोजना गर्नुको उद्देश्यको बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोष्टकुमार श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका सिनेटर रञ्जन ओझा तथा चिकित्सक विकास अधिकारीलगायतले प्रष्ट्याउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments