Tuesday, December 24, 2024
Homeअर्थशेयर२१ अंकले घट्यो बजार, कारोबार भने ७ अर्ब माथि

२१ अंकले घट्यो बजार, कारोबार भने ७ अर्ब माथि

सुन्दरहरैंचाः आइतबार शेयरबजार २१ दशमलव ०३ अंकले घटेर २ हजार ८८ दशमलव ०७ को बिन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५ दशलमव २९ अंकले घटेर ३९१ दशमलव ३३ को बिन्दुमा रोकिएको छ ।

आइतबार नेप्सेमा सूचीकृतमध्ये ३०९ वटा कम्पनीका १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर १ लाख २८ हजार ३५६ पटक किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से उपसमूहमा रहेका १३ ओटा समूहमध्ये निर्जीवन बीमा, अन्य, जीवन बीमा र हाइड्रोपावर समूह बाहेक अरु सबै समूह राताम्य भएका छन् ।
लगानी समूह ३ दशमलव ८९ प्रतिशतले घटेको छ । व्यापार समूह ३ दशमलव ११ प्रतिशतले घटेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूह २ दशमलव ७५ प्रतिशत तथा वित्त समूह १ दशमलव ६४ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै अन्य समूह ० दशमलव ९७ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह ० दशमलव ५६ प्रतिशत, जीवन बीमा समूह ० दशमलव ५२ प्रतिशत र जलविद्युत समूह ० दशमलव ०८ प्रतिशतले उकालो लागेका छन् ।

आइतबार पनि शिवम् सिमेन्ट्सको सबैभन्दा धेरै ३० करोड ४३ लाख २८ हजार ६६ रुपैयाँको कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्ट नेपालको २९ करोड ५० लाख ९ हजार ५९४ र सोनापुर आयल एन्ड मिनरल्सको २८ करोड १९ लाख ४५ हजार ७०० रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटे पनि बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, सामलिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योति लाइफ इन्स्योरेन्स, अपर सोलु हाइड्रोपावर कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, माईखोला हाइड्रोपावर र मैलुङ खोला हाइड्रो पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल रिपब्लिक मिडिया कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र हिमालयन डिस्टिलरी उद्योग पनि उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ४३ अर्ब ६६ करोड ६४ लाख १५ हजार ९६६ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments