सुन्दरहरैंचाः उतारचढावका बीच बढेको मङ्गलबारको शेयर बजार ४५.९८ अंकले बढेर २ हजार १०६.४८ को विन्दुमा बन्द भएको छ । नेप्सेमा सूचीकृतमध्ये ३ सय १३ कम्पनीका १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता शेयर ९९ हजार ६ सय ४१ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत सबै १३ वटै समूहमा हरियाली छाउँदा सबैभन्दा बढी होटल र पर्यटन समूह ६ दशमलव ९४ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ४ दशमलव ७४ प्रतिशत र जीवन बीमा समूह ३ दशमलव १२ प्रतिशतले बढेको छ ।
१५ प्रतिशत लाभांश घोषणा गरेको शिवम् सिमेन्टस्को सबैभन्दा धेरै ३७ करोड ४३ लाख ४८ हजार २ सय २ रुपैयाँको कारोबार भएको छ । सोल्टी होटल, सोनापुर आयल एन्ड मिनरल्स, हाथवे इन्भेष्टमेन्ट नेपाल र घोराही सिमेन्ट सबैभन्दा बढी कारोबार गर्ने ५ कम्पनीमा परेका छन् ।
१२ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु), मेरो माइक्रोफाइनान्स, उन्नति लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्टस्, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट नेपाल, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल, बीपीडब्लू लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
बजर बढे पनि माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ४ दशमलव ९० प्रतिशतले घटेको छ । ५३ कम्पनीको शेयरमूल्य घटेको छ भने ७ वटाको स्थिर रहेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ६१ अर्ब ६९ करोड १५ लाख १६ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ ।