Tuesday, December 24, 2024
Homeशिक्षा र स्वास्थ्यप्रहरी अस्पताल बेलबारीमै फर्काउन प्रहरी प्रमुख सकारात्मक

प्रहरी अस्पताल बेलबारीमै फर्काउन प्रहरी प्रमुख सकारात्मक

बेलबारीः मोरङको बेलबारीबाट हप्ता दिन अघि रातारात सुनसरीको इनरुवा सारिएको कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीमै फर्काउन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर सकारात्मक देखिएका छन् ।

बेलबारीका जनप्रतिनिधि, प्रदेश सभा सदस्यसहित स्थानीय राजनीतिक दलका नेताहरुको टोलीले महानिरीक्षक कुवँरसँग भेट गरी प्रहरी अस्पताल फर्काउन आग्रह गरेका थिए । भेटमा कुँवर उक्त अस्पताल बेलबारीमै सञ्चालन गर्न सकारात्मक देखिएका थिए ।

अस्पतालका लागि २ आवश्यक पर्ने २ बिघा जग्गा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उपलब्ध भएका छन् । पुस १० गते प्रहरीले जग्गा हेर्न टोली पठाउने भएको छ ।

नगरपालिकाले दिएको जग्गामा अस्पताल नबनेसम्म बेलबारी ४ मा निर्माणाधीन अवस्थामा रहेको २५ शैय्याको नगर अस्पताल नगरपालिकाले प्रहरी अस्पतालका लागि उपलब्ध गराउने सहमति समेत गरेको छ । २ महिनामा सो भवन निर्माण भइसक्ने बताइएको छ ।

प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनः स्थापना गर्नुपर्ने माग गर्दै आइतबार जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलका नेताहरु काठमाडौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका थिए । बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा स्थानीय राजनीतिक दलहरूले विरोध गर्दै आएका छन् ।

मोरङ क्षेत्र नम्बर ३ का सांसद सुनिल शर्मा, प्रदेश सांसदहरु ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू र गीता तिम्सिना, बेलबारीका मेयर दिलप्रसाद राई (डिपि), उपमेयर नितु थापा कोइरालालगायतका जनप्रतिनिधिहरूले प्रहरी महानिरीक्षक कुँवरलाई भेटेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments