विराटचोक । आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदैछ ।
ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि नेपालमा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको हो ।
विश्वमा भने सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम शुरु भएको हो ।
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले यो दिवस मनाइन्छ । ग्रामीण महिलाहरुलाई घरको कामबाहेक आयमूलक काममा सहभागी गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवसको प्रमुख उद्देश्य रहेको छ ।





