Tuesday, October 13, 2026
Homeधर्म र संस्कृतिदशैं बिदा पूर्व धार्मिक तथा सांस्कृतिक ज्ञानसँगै विद्यार्थीलाई टीका जमरा लगाएर घर...

दशैं बिदा पूर्व धार्मिक तथा सांस्कृतिक ज्ञानसँगै विद्यार्थीलाई टीका जमरा लगाएर घर पठाउँदै ज्ञानज्योति स्कुल

गोठगाउँः दशैं बिदा हुनुपूर्व मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ मा रहेको ज्ञानज्योति इङ्लिस स्कुलले पूर्व प्राथमिक कक्षामा अध्ययनरत बालबालिकालाई दशैंको शुभकामना दिँदै टीका र जमरा लगाइदिएको छ ।

कार्यक्रममा बालबालिकाले एकअर्कासँग शुभकामना साटासाट गर्नुका साथै नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई उल्लासमय बनाएका थिए । विद्यार्थीलाई नेपाली मौलिक संस्कार, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रिन्सिपल देवी सिटौलाले बालबालिकालाई औपचारिक शिक्षासँगै असल संस्कार, नैतिक मूल्य र सामाजिक व्यवहार सिकाउनु पनि विद्यालयको महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो । बाल्यकालमै सिकेका संस्कार र व्यवहारले बालबालिकाको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले पढाइसँगै नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएका गतिविधिलाई विद्यालयले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments