Wednesday, October 14, 2026
Homeसमाचारबुढीगण्डकीको बाढीमा भौतिक क्षति धेरै

बुढीगण्डकीको बाढीमा भौतिक क्षति धेरै

काठमाडौंः हिजो बुढीगण्डकी नदीमा आएको बाढीले गोरखामा ठूलो भौतिक क्षति गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार बाढीबाट दुई वटा पक्की पुल, दुई वटा झोलुंगे पुल, तीन वटा जलविद्युत आयोजना र चार वटा हवनकुण्डमा क्षति पुगेको छ ।

त्यस्तै, ४५ वटा घरमा पूर्ण र २७ वटा घरमा आंशिक क्षति पुगेको छ ।

चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ क्षेत्रमा चौंरी चराउन गोठमा गएका दुई महिला र तीन पुरूष गरी पाँच जना सम्पर्कमा आएका छैनन् । त्यसबाहेक अन्य मानवीय क्षतिको जानकारी प्राप्त नभएको प्राधिकरणले जनाएको छ ।

बाढी प्रभावित विभिन्न क्षेत्रबाट ९ जना विदेशीसहित ८२ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । उद्धारका लागि चार वटा हेलिकप्टर परिचालन गरिएको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणका अनुसार बाढीको सूचना प्राप्त हुनासाथ गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम तथा केन्द्रमा रहेका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालनका लागि एसएमएस पठाइएको थियो ।

त्यस्तै, बिहान ६ बजे गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका सर्वसाधारणलाई एसएमएसमार्फत बाढीको पूर्वसूचना प्रवाह गरिएको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

खोज तथा उद्धारमा नेपाली सेनाका तीनवटा विशेष फौजसहित १७१ जना, नेपाल प्रहरीका १४३ जना र सशस्त्र प्रहरी बलका ३८९ जना गरी जम्मा ७०३ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments