Wednesday, September 9, 2026
Homeराजनीतिकांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन

कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन

विराटचोकः आज बसेको निर्वाचन समितिको बैठकले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।

असोज ३ र ४ गते गाउँ–नगर वडा अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन भएको हो । यसअघि सो अधिवेशन भदौमै हुने कार्यतालिका थियो ।

कांग्रेसले जारी गरेको विज्ञप्तिअनुसार गाउँ–नगरपालिका अधिवेशन २०८३ असोज ७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १० गते हुनेछ ।

केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने भएको छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गरिने भएको छ । नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments