Tuesday, September 8, 2026
Homeसमाचारआमकास नेपाल मोरङको अध्यक्षमा पुनः उमादेवी सेढाईं

आमकास नेपाल मोरङको अध्यक्षमा पुनः उमादेवी सेढाईं

सलकपुरः आप्रवासी महिला कामदार समूह (आमकास) नेपाल मोरङको सातौँ वार्षिक साधारणसभा सुन्दरहरैँचा–८, सलकपुरस्थित शिक्षा निकेतन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

साधारणसभाले उमादेवी सेढाईंलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । यसअघि कायम रहेका अन्य सदस्यलाई यथावत् राख्दै रिक्त रहेका तीन सदस्य पदमा बेलकुमारी घिमिरे, सुनिता घिमिरे र मन्दिरा प्रसाईंलाई साधारणसभाले चयन गरेको छ ।

साधारणसभाको प्रमुख अतिथिका रूपमा सुन्दरहरैँचा नगरपालिका–८ की वडा सदस्य कुमादेवी लुइँटेल सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा सुन्दरहरैँचा–९ की महिला सदस्य शारदा बिक तथा वडा नं. १० की दीपा विकसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, विशिष्ट अतिथि तथा सामाजिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments