Thursday, July 16, 2026
Homeसमाचारसमाजसेवामा क्रियाशील लायन्स क्लब अफ इटहरी ग्रीन सिटी

समाजसेवामा क्रियाशील लायन्स क्लब अफ इटहरी ग्रीन सिटी

इटहरीः लायन्स वर्ष शुरु भएसँगै लायन्स क्लब अफ इटहरी ग्रीन सिटीले ‘ग्लोबल कज’ अभियानअन्तर्गत सामाजिक सेवाका कार्यक्रमलाई तीव्रता दिएको छ ।

जुलाई १ देखि लायन्स वर्ष शुरु हुन्छ । लायन्स वर्ष शुरु हुनासाथ क्लबले रक्तदान, वृक्षरोपण, शैक्षिक सामग्री वितरण तथा खानेपानी व्यवस्थापनजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिएको हो ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी अन्तर्गत एरिया–४ ले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा सक्रिय सहभागिता जनाएको क्लबले सोही दिन इटहरीस्थित डीभीएम स्कुल परिसरमा वृक्षरोपणसमेत गरेको थियो ।

क्लबले उदयपुरको कटारीस्थित कालिका आधारभूत विद्यालयका ८५ जना विद्यार्थीलाई विद्यालय झोला र स्टेशनरी सामग्री वितरण गरेको थियो । क्लबकी पूर्वअध्यक्ष हेमा तामाङ गुरुङको जन्मदिनको अवसर पारेर विद्यालयमा शुद्ध खानेपानीको लागि आरओ प्लान्टसमेत हस्तान्तरण गरिएको थियो ।
क्लबका अध्यक्ष ओमप्रकाश वनले लायन्स वर्षभर यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लायन्सले इटहरी–१० स्थित शिवालय मन्दिर परिसर तथा साकेला थान क्षेत्रमा पनि वृक्षरोपण गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments