Wednesday, July 15, 2026
Homeकला र साहित्यभानु जयन्तीमा भानु साझा पुस्तकालयमा रचना वाचन सम्पन्न, पुस्तकालयको दोस्रो तला उद्घाटन

भानु जयन्तीमा भानु साझा पुस्तकालयमा रचना वाचन सम्पन्न, पुस्तकालयको दोस्रो तला उद्घाटन

तीनपैनीः आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा मोरङको सुन्दरहरैंचा–५, स्थित तीनपैनीमा रहेको भानु साझा पुस्तकालयको पुस्तकालय भवनको दोस्रो तला उद्घाटन तथा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पुस्तकालयका अध्यक्ष पुरन याख्खाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले पुस्तकालयहरू समाजका बौद्धिक केन्द्र भएको हुनाले ज्ञान, शिक्षा र संस्कृतिको संरक्षणमा यस्ता संस्थाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले सुन्दरहरैंचा नगरपालिकाले शिक्षा, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्ने संस्थाहरूलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ पुस्तामा पुस्तक पढ्ने संस्कार विकास गर्न सबैले सामूहिक प्रयास गर्नुपर्ने उहाँको भनाइ थियो ।

विशिष्ट अतिथि साहित्यकार मनु मञ्जिलले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा र साहित्यका अमर व्यक्तित्व भएको उल्लेख गर्दै उनको योगदानलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने बताउनुभयो ।

पुस्तकालयका अध्यक्ष याख्खाले भानु साझा पुस्तकालयले विगतदेखि नै समाजमा पठनपाठन, भाषा, साहित्य र संस्कृतिको संरक्षणमा निरन्तर योगदान दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा साहित्यकारहरूले रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन पुस्तकालयका साहित्य सचिव गीताप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments