Saturday, July 11, 2026
Homeशिक्षा र स्वास्थ्यसुकुनाकी जीविका सापकोटा काठमाडौंमा सम्मानित, पब्लिक क्याम्पस संघको वार्षिकोत्सवमा क्याम्पसलाई राष्ट्रिय गौरव...

सुकुनाकी जीविका सापकोटा काठमाडौंमा सम्मानित, पब्लिक क्याम्पस संघको वार्षिकोत्सवमा क्याम्पसलाई राष्ट्रिय गौरव प्रदान

विराटचोकः नेपाल पब्लिक क्याम्पस संघको ३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पस सम्मानित भएको छ । कार्यक्रममा स्नातक तहमा पब्लिक क्याम्पसतर्फ शिक्षा शास्त्र सङ्कायमा उत्कृष्ट नतिजा ल्याउने सुकुनाकी जीविका सापकोटालाई पनि सम्मान गरिएको थियो ।

सुकुना बहुमुखी क्याम्पसकी छात्रा जीविका सापकोटाले सन् २०२४ को स्नातक तह शिक्षा शास्त्र सङ्कायअन्तर्गत सामुदायिक क्याम्पसमध्ये सर्वोत्कृष्ट अंकसहित प्रथम स्थान हासिल गर्नुभएको थियो । सापकोटालाई वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालगायतले सम्मान गर्नुभएको हो ।

प्रा.डा. थापाको प्रमुख आतिथ्यता तथा नेपाल पब्लिक क्याम्पस सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सापकोटालाई र क्याम्पसलाई सम्मान गरिएको क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments