Friday, July 10, 2026
Homeसमाचारहिजो आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

हिजो आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन

काठमाडौंः हिजो आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । उनको करीब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका थिए ।

उनको अनुहार, टाउको र घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुगेको थियो । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालका अनुसार आगोले उनको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भाग जलेको थियो ।

उनको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो ।

नगर प्रहरीले नेपालीको मोटरसाइकलको ह्वील लक गरेपछि उनले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments