विराटचोकः आज बिहान साढे ६ बजे विराटचोक दक्षिणलाइनस्थित लायन्स स्तम्भ अगाडिबाट ‘रन सुन्दरहरैंचा–२०८३’ हुने भएको छ ।
नगरमा स्वास्थ्य, एकता, पर्यटन प्रवद्र्धन र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भोलेश्वर दुलालले बताउनुभयो ।
आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार नगरवासी, उद्योगी, व्यवसायी, बुद्धिजीवी, युवालगायतको कार्यक्रममा उपस्थिति रहनेछ ।
रन सुन्दरहरैंचाअन्तर्गतको दौड हरैंचा बजारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । करीब १० हजार मानिस दौडमा सहभागी हुने आयोजकको अनुमान छ ।




