विराटचोकः ५ दिनदेखि स्थिर जस्तै रहेको नेप्से आज झण्डै १ प्रतिशत अर्थात् २६.१६ अंक घटेको छ ।
नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता शेयर ७२ हजार ८५४ पटक किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार हिजोको भन्दा कम हो ।
१३ वटा समूहमध्ये सामुहिक लगानी कोष ०.४५ प्रतिशतले बढेबाहेक बाँकी सबै समूह राताम्य भएका छन् । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.९२ प्रतिशतले घटेको छ ।
घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक ३४ करोड १६ लाख २९ हजार ८८४ रुपैयाँको शेयर किनबेच भएको छ । सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पीनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर र बुङ्गल हाईड्रो सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
आज टक्सार पिखुवाखोला र याम्बालिङ हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
बुङ्गल हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ६९ अर्ब ८८ करोड ५४ लाख ३१ हजार ४५३ रुपैयाँ कायम भएको छ ।




