Tuesday, June 2, 2026
Homeसमाचारकेराबारीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामाथि छलफल

केराबारीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकतामाथि छलफल

केराबारीः हिजो जेठ १८ गते केराबारी गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेलको अध्यक्षतामा पालिकाको चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रमको प्रथमिकता बारे छलफल भएको छ ।

कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, निवर्तमान उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल, मस्यौदा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका पालिका प्रमुख तथा प्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

२ चरणमा सञ्चालन भएको कार्यक्रमको पहिलो चरणमा विषयगत शाखा प्रमुखहरु तथा दोस्रो चरणमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments