Wednesday, June 3, 2026
Homeशिक्षा र स्वास्थ्यअन्य पालिकाका विद्यालय बसलाई केराबारीमा प्रवेश गर्न नदिन पालिका अध्यक्षलाई बुझाइयो ज्ञापनपत्र

अन्य पालिकाका विद्यालय बसलाई केराबारीमा प्रवेश गर्न नदिन पालिका अध्यक्षलाई बुझाइयो ज्ञापनपत्र

केराबारीः केराबारी गाउँपालिकामा अन्य पालिकाबाट विद्यालय बस आएर विद्यार्थी लाने गरेकाले त्यस्ता विद्यालय बसलाई केराबारी प्रवेशमा रोक लगाउन स्थानीयले माग गरेका छन् ।

केराबारी गाउँपालिकाका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरू एकजुट भएर गाउँपालिकामा ज्ञापनपत्र बुझाएर बाहिरी पालिकाका विद्यालय बस केराबारी प्रवेशमा रोक लगाउन माग गरेका हुन् ।

केराबारीबाट छिमेकीहरु सुनसरीको धरान उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैंचा नगरपालिकामा सञ्चालित विद्यालयले विद्यार्थी ओसार्ने गरेका छन् ।

केराबारीको शैक्षिक स्तर सुधार गर्न यस्तो पहल आवश्यक भएको हुनाले ज्ञापनपत्र बुझाइएको बताइएको छ ।

केराबारी गाउँपालिकाले भने सबै पक्षसँग छलफल गरेर मात्रै निर्णय गरिने जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments