विराटचोकः ‘हिँडौँ समृद्धिका लागि’ भन्ने नारासहित मोरङको सुन्दरहरैँचामा ‘रन सुन्दरहरैंचा’ कार्यक्रम आयोजना हुने भएको छ ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा अब सुत्दैन सुन्दरहरैंचाः अब जागौँ, केही गरौँ यो देशमा’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दिइएको जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन चाहनेका लागि दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ । सो शुल्कमा टी–सर्ट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।
नाम दर्ता गराएका सहभागीका लागि असार १५ गते बिहान विराटचोकदेखि हरैंचासम्म दौड सञ्चालन गरिने आयोजकले जनाएको छ ।
सहभागीले नाम दर्ताका लागि सुन्दरहरैंचा उद्योग वाणिज्य संघ सचिवालय, पूर्वाञ्चल पोलिमर एक्रोलिक, सार्वजनिक शौचालय सालकपुर, सुकुना सामुदायिक अस्पताल, मेघा डिपार्टमेन्ट स्टोर, कञ्चनजंघा इन्टरप्राइजेज प्रालि, केएफसी फर्निचर तथा बजाज शोरुम लगायतका स्थानमा व्यवस्था गरिएको आयोजकले जनाएको छ ।




