Friday, May 15, 2026
Homeअर्थशेयरमसान्तको दिन १० अङ्कले घटेको शेयर बजारमा १० समूह राताम्य

मसान्तको दिन १० अङ्कले घटेको शेयर बजारमा १० समूह राताम्य

विराटचोकः हिजो बैशाख मसान्तको दिन शेयर बजार १०.०७ अङ्कले घटेर २७३०.१७ बिन्दुमा अडिएको छ । प्रायः मसान्तको दिन शेयर बजार बढ्ने गरे पनि बैशाख महिनामा त्यस्तो देखिएन ।

हिजो ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ४६ हजार ४०२ पटक किनबेच हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँको शेयर किनबेच भएको छ ।

१० अङ्कले सूचक घट्दा १० समूहमा रातो पोतिएको छ । जीवन बीमा समूह ०.०१ प्रतिशत, म्युचुअल फण्ड ०.०८ र व्यापार समूह ०.३२ प्रतिशतले बढ्नुबाहेक बाँकी सबै समूह हरिया हुन सकेनन् । अन्य समूह सर्वाधिक अर्थात् २ प्रतिशतले ओरालो लागेको छ ।

हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात् ३७ करोड ६८ लाख २६ हजार ४८८ रुपैयाँको शेयर किनबेच हुँदा साहस उर्जाको १८ करोड ७७ लाख, एसवाई प्यानल नेपालको १८ करोड ५४ लाख, युनियन हाईड्रोपावरको १४ करोड ८९ लाख र माउन्टेन इनर्जीको ७ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

युनियन हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.७९ प्रतिशतले बढ्दा क्रेष्ट माईक्रोलाइफको ९.२२ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य २.५० प्रतिशतले बढेको छ।

घटेको बजारमा एशियन हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् ९.८९ प्रतिशतले घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब ४५ करोड ११ लाख ७३ हजार ८९९ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments